नेपाललाई दोस्रो पटक सेन्ट्रल जोनको उपाधि,बनायो ठूलो कीर्तिमान

२०७८ पुष १३ गते, मंगलवार

काठमाण्डाै ।  नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे । 

बङ्गलादेशकाे मिरमुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट २५–२४ ले जित्याे । यस्तै दाेस्राे सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयाे ।

त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्याे । याेसँगै खेल २–२ काे अवस्थमा पुग्याे । 

त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेकाे हाे । यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात पार्न सफल भयाे । 

नेपाल गएकाे संस्करणकाे पनि विजेता हाे । 

193 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal