दक्षिणी अफ्रिकाका तीन देशमा ‘आना’ आँधीबाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुग्यो

२०७८ माघ १४ गते, शुक्रबार

एजेन्सी । दक्षिणी अफ्रिकाका तीन वटा देशमा उष्ण कटिबन्धीय आँधी ‘आना’ बाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ ।

मुसलधारे वर्षासँगै उष्ण कटिबन्धीय आँधी ‘आना’ ले मोजाम्बिक, मालावी र मदागास्करमा क्षति गरेको छ ।

मदागास्करमा ४१, मोजाम्बिकमा १८ र मालावीमा ११ जनाको ज्यान गएको पछिल्लो विवरण प्राप्त भएको छ ।

तीन देशका उद्धारकर्मीले पूर्ण क्षतिको मूल्याङ्कन गर्न कठिनाइ भइरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

जिम्बाब्वेमा आएको आँधीको प्रभावहरू भने बिस्तारै हट्दै गएका छन् । त्यहाँ जनधनको क्षति भए/नभएको बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।

245 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal