सभामुख सापकोटालाई अनेरास्ववियुले बनेपामा देखायो कालोझण्डा

२०७८ माघ १८ गते, मंगलवार

काभ्रे । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई कालोझण्डा देखाइएको हो ।

विद्यार्थी नेता-कार्यकर्ताले सभामुख सापकोटाको गाडीमा समेत अवरोध गरेका थिए । सोक्रममा प्रहरीले विद्यार्थीहरूमाथि बल प्रयोग गरेको छ ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ ।

यसअघि आज बिहान पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि अनेरास्ववियुले कालोझण्डा देखाएको थियो ।

स्थानीय तहको निर्वाचन समयमै गर्ने गरी तत्काल मिति घोषणा गर्न सरकारलाई दबाब दिँदै अनेरास्ववियुले देशभर आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेको छ ।

262 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal