मन्त्री ढेगाद्धारा बुटवलको ट्रायल सेन्टरको छड्के अनुगमन

२०७८ माघ २८ गते, शुक्रबार

बुटवल । लुम्बिनी प्रदेशकी श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेगाले बुटवलको जितगढी स्थित ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी छन् ।

मन्त्री ढेगाले बिहीबार बुटवलको जितगढीमा निर्माणाधीन यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमती कार्यालय तथा ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी हुन् ।

अनुगमनका क्रममा मन्त्री ढेगाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने क्रममा कुनै गुनासो भए सिधै आफुलाई तथा मन्त्रालयमा खबर गर्न सेवाग्राहीहरुलाई आग्रह गरिन् ।

सेवाग्राहीले सहज र छिटो छरीतो रुपमा सेवा प्राप्त गर्न पाउन भन्ने उदेश्यले संघीयता आएको भन्दै मन्त्री ढेगाले त्यसको लाभ प्रदेशका जनताहरुले लिन पाउनुपर्नेमा जोड दिइन् ।

प्रदेश सरकारले जितगढीमा निर्माण गरेको अन्तराष्ट्रिय मापदण्ड सहितको ट्रायल सेन्टरबाट केही दिन अघिदेखी लाइसेन्सको ट्रायल लिन सुरु भएको छ ।
अनुगमनमा मन्त्रीसहित मन्त्रालयका कर्मचारी तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

245 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal