सिन्धुलीमा करिब ३७ किलो गाँजासहित दुई जना पक्राउ

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागुऔषध गाँजासहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१ ओख्ले बस्ने ४२ वर्षीय कालुबहादुर ब्लोन र १९ वर्षीय कृष्णबहादुर ब्लोन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका–७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागुऔषध गाँजा सहित गएराति पक्राउ गरेको छ ।

215 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal