एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने

२०७८ फाल्गुन ६ गते, शुक्रबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध कायमै राख्ने भएको छ।

आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पार्टीको अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
उनले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध गरिरहने जानकारी दिए।

त्यस्तै संसद बैठक अघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि अनुपस्थित हुने भएको छ। प्रमुख सचेतक भट्टराईका अनुसार कार्यव्यवस्था बैठकमा जानुको औचित्य नै नभएको भन्दै सहभागी नहुने जानकारी दिए।

333 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal