गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान

२०७८ फाल्गुन ६ गते, शुक्रबार

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ।

उक्त प्रयोजनका लागि एरो थाईको जहाज नेपाल आइसकेको छ। थाइल्याण्डबाट हिजो दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज हिजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिए।

क्यालिब्रेसन उडान पश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालन योग्य हुने उनको भनाइ छ।

परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ। क्यालिब्रेसन उडान आजदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। दैनिक सात घण्टाको उडान हुनेछ। उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ।

263 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal