उर्जाशिल उमेर काँग्रेसमा बिताएकोमा पछुतो मान्दै मनोज मेहता एमाले प्रवेश

२०७८ फाल्गुन ७ गते, शनिबार

भक्तपुर । २०७४ को स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिकाका काँग्रेसका तर्फबाट मेयरका प्रत्यसाी मनोज मेहता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । हिजो साँझ बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेहतालाई पार्टीिमा स्वागत गर्नुभएको हो । संघीय साँसद सरिता गीरीको पहलमा मेहता एमाले प्रवेश गर्नुभएको हो ।

मेहता इनरुवा क्षेत्रमा राजनीतिक व्यक्तित्वका अतिरिक्त समाजसेवी र युवाहरु माझ लोकप्रिय हुनुहुन्छ । काँग्रेसमा आफ्नो उर्जाशिल समय विताएको आफूलाई पश्चात लागेको बताउदै मेहताले एमाले र केपी ओलीले उठाएका राष्ट्रिय मुद्धा,जनजीविकाका सवाल र हरेक मुद्धामा देशलाई हित हुने गरी लिएका कदमबाट आफू प्रभावित भएको मेहताले बताउनुभएको छ ।

अध्यक्ष ओलीले मेहतालाई एमालेमा स्वागत गर्दै नव प्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताउनुभएको छ । आफू एमालेको नयाँ सदस्य भएको हिनता नलिन भन्दै ओलीले राजनीतिक सक्रियताका आधारमा सबैलाई समान जिम्मेवारी दिइने र भेदभाव नगरिने स्पष्ट पार्नुभएको छ ।

उनी बिजय गच्छद्धारसँग निकट मानिन्थे । तर, पछिल्लो समय काँग्रेस पूरानै अवस्थामा फर्किएपछि भने उनी एमालेतिर लागेका हुन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिक पार्टीबाट इनरुवा नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्दा लोकप्रिय मत ल्याउन सफल बनेका इनरुवाका युवा नेता मनोज कुमार मेहता अहिले नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेपछी उनि एमालेबाट अब आउने स्थानीय तहको निर्वाचनमा इनरुवा मेयरमा उठ्ने चर्चा सूरु भएको बुझिईएको छ ।

298 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal