सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयात्मक बैठक सम्पन्न

२०७८ फाल्गुन १४ गते, शनिबार

पाल्पा । तानसेन नगरपालिका, पाल्पामा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु, युनिसेफ नेपाल तथा सुरक्षित आवास गृह पाल्पाको संयुक्त सहकार्यमा “बाल संरक्षणका सरोकारवालाहरुसंग घटना व्यवस्थापन सम्बन्धि समन्वयात्मक बैठक” गरिएको छ ।


जिल्ला समन्वय समिति पाल्पाको कार्यवाहक प्रमुख मरासिनीले आफुहरुले बाल संरक्षणका लागि कानुन÷नितिहरु बनाउन स्थानिय तहसंग समन्वय गर्ने, जनचेतना जगाउने र सुरक्षित आवास गृह पाल्पासंग आबद्ध भएकाहरुको क्षमता र सिप विकास गर्ने आफुहरुको मुख्य काम भएको बताएकी थिइन् ।

समन्वयात्मक बैठकमा जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी सहायक निरिक्षक विष्णु न्यौपानेले लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई आवश्यकता अनुसार सुरक्षित आवास गृह पाल्पासंग समन्वय गरि सेवा प्रदान गरिरहेको बताउनु भएको छ ।

समन्वयात्मक बैठकमा अधिबक्ता शिव प्रसाद देवकोटाले बाल संरक्षण तथा लैङ्गिक हिंसाको विषयमा सामुहिक प्रयास हुन नसकेको बताएका थिए । स्थानिय सरकारले पनि अभियान अगाडि नबढाएकोले त्यसतर्पm ध्यान उपस्थित गर्न सरोकारवालाहरुलाई देवकोटाले अग्रह गरे । पहुँचवालाको भरमा सेवा सुविधा केन्द्रित भएको तर जोखिममा परेका बालबालिकाहरु आपत्कालिन सेवाबाट बञ्चित रहेकोले सबैले ध्यान दिनुपर्ने अधिवक्ता देवकोटाले बताए ।

लैङ्गिक हिंसामा परेका बालबालिका तथा महिलाहरु आप्mनो परिवार तथा समाजमा धेरै हेपिएको भन्दै जनचेतना जगाएर यसको अन्त्य गर्नुपर्ने सहभागीहरुले जोड दिएका थिए । लैङ्गिकतामा आधारित हिंसा कुनै व्यक्तिगत र निजि समस्या नभई सामाजिक समस्या भएकोले महिला तथा बालबालिकाहरुमा हुने लैङ्गिक हिंसाको अन्त्यका लागि संयुक्त संयन्त्र निर्माण गरि अभियान चलाउनुपर्नेमा अध्यक्ष हेमन्त राज शाक्यको जोड थियो । यस विषयमा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले सेवा केन्द्रहरुसंग सहकार्य तथा समन्वय गरेर अगाडि बढेकोमा अध्यक्ष शाक्यले खुलेर प्रशांन्स गर्नुभएको छ ।

शुक्रवार जिल्लाको जेसिज सभाहलमा सुरक्षित आवास गृह पाल्पाका अध्यक्ष हेमन्त राज शाक्यको अध्यक्षता, जिल्ला समन्वय समिति पाल्पाको कार्यवाहक प्रमुख मिरा मरासिनीको प्रमुख अतिथ्य , सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको बाल संरक्षण अधिकृत अजय चौधरीको सहजीकरण र मनोसामाजिक कर्याकर्ता तृसाना गोदारको संचालन तथा सरोकारवाला निकायहरुको उपस्थितिमा समन्वयात्मक बैठक गरिएको थियो ।

204 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal