एमसीसी परियोजना नेपालको हितमा छ: महन्थ ठाकुर

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि छलफलमा भाग लिँदै उनले नेपालको गरिबी निवारण र सर्वसाधारणको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले एमसीसी आएको बताए ।

उनले एमसीसीमार्फत अमेरिकाले केही पनि नलादेको बताए । ‘यसले नेपालको स्वतन्त्रतामा कुनै आघात पार्दैन, अमेरिकाको जुन उद्देश्य छ त्यो सकारात्मक छ ।’

अध्यक्ष ठाकुरले आफ्नो दल एमसीसीको पक्षमा रहेको पनि बताए ।

215 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal