एमसीसीको व्याख्यात्मक टिप्पणी भ्रममात्रै हो: राजेन्द्र लिङ्देन

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणा जनतालाई र संसदलाई भ्रममा पार्ने काम मात्र भएको बताएका छन् ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले व्याख्यात्मक घोषणा अमेरिकाले मान्छ कि मान्दैन भनी प्रश्न गरे ।

‘हामीले गरेको व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्छ कि मान्दैन ? एमसीएले मान्छ कि मान्दैन ?’ उनले भने, ‘जनतालाई र संसदलाई भ्रम पार्ने काम गर्नु हुँदैन ।’

अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धलाई राजनीतिक दलहरुले सत्ता चढ्ने सिँढी र सत्तामा बसिराख्ने लिसो बनाएको पनि टिप्पणी गरे । ‘वैदेशिक सम्बन्धमा गम्भीर हुन सबै राजनीतिक दल र सरकारलाई गम्भीर हुन आग्रह गर्छु’ उनले भने ।

325 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal