शिवराजमा एमालेबाट ३ जना मेयर र २ उपमेयरका उम्मेदवारको नाम सिफारीस

२०७८ चैत्र २९ गते, मंगलवार

कपिलवस्तु । वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट शिवराज नगरपालिका मेयरको उम्मेदवारका लागि ३ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ । मंगलवार (आज) बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको एमाले शिवराजका अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो ।

शिवराजकोे मेयर पदका लागि आकांक्षी महादेव पोख्रेल, अर्जुन कुमार के सी र लोकेन्द्र पौडलको नाम सिफारिस गरेको अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।मेयर पदका आकांक्षि अर्जुन कुमार के सी लुम्विनी प्रदेश सभा सदस्य एवम एमाले कपिलवस्तुका उपसचिव हुन भने अर्का आकांक्षि सुरु देखि नै एमाले शिवराजका मेयर पदका दावेवार रहेका युवा नेता एमाले शिवराजका उपाध्यक्ष महादेव पोख्रेल हुन त्यस्तै अर्का आकांक्षि लोकेन्द्र पौडेलसाविक जुकेना गाउँ कमिटीका सचिव हाल शिवराजका नगर कमिटी सदस्य हुन ।

त्यस्तै उप मेयर पदको लागि शिवकुमारी चौधरी र निशा विश्वकर्माको नाम सिफारीस गरेको छ । त्यस्तै उप मेयर पदको लागि शिवकुमारी चौधरी र निशा विश्वकर्माको नाम सिफारीस गरेको छ । चौधरी अहिलेकि उप मेयर हुन भने विश्वकर्मा एमाले शिवराज नगर कमिटिको निर्वतमान सचिव हुन ।

272 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal