बाणगंगाको मेयरमा एमालेबाट ६ जना, उप मेयरमा ४ जना सिफारीस

२०७८ चैत्र ३० गते, बुधबार

कपिलवस्तु । नेकपा (एमाले) बाणगंगा नगर कमिटिले मेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । सिद्धार्थ क्याम्पसमा बसेको नगर कमिटि बैठकले नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा पुर्व जिल्ला अध्यक्ष झबिलाल पोख्रेल, प्रदेश कमिटि सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य जंजिर प्रसाद थारु, प्रदेश कमिटि सदस्य तथा हालका नगर उप प्रमुख चक्रपाणि अर्याल, प्रदेश कमिटि सदस्य सुर्य कुमारी शाही, नेकपा (एमाले) जिल्ला कमिटि सचिवालय सदस्य तथा क्षेत्र नं। १ का सह संयोजक युवा नेता विश्व कार्कीको नाम सिफारीस गरेको नगर कमिटि अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो ।

त्यस्तै नगर कमिटि बैठकले उप–मेयरमा ४ जनाको नाम सिफारीस गरेको छ । उप मेयरका लागि जिल्ला कमिटि सचिवालय सदस्य रीता थारु, जिल्ला कमिटि सचिवालय सदस्य तथा अनेमसंघ जिल्ला अध्यक्ष चेतना अधिकारी, जिल्ला कमिटि सदस्य तथा अनेमसंघ जिल्ला सचिव धनु अधिकारी, स्थानीय नेतृ तारावन्ती कुमारी थारुको नाम सिफारीस गरिएको नगर कमिटि सचिव बिष्णु गिरीले जानकारी दिनुभयो ।

त्यस्तै बाणगंगाका ११ वडा मध्ये २ वडामा मात्र वडाध्यक्षको सर्वसम्मत रुपमा सिफारीस भएको छ । केहि दिन अगाडि नै वडा नं। ५ मा पार्टीका नगर कमिटि अध्यक्ष युवराज पोख्रेलको नाम सर्वसम्मत सिफारीस भएको थियो भने वडा नं। १० मा वडाध्यक्ष पदका लागि जिल्ला कमिटि सदस्य तथा वडा ईन्चार्ज यम प्रसाद पोख्रेलको नाम सर्वसम्मत रुपमा सिफारीस भएको छ भने अन्य चारै जना वडा सदस्यहरुको पनि सर्वसम्मत सिफारीस भएको एमाले बाणगंगा नगर कमिटिले जनाएको छ ।

यता बाँकी रहेका ९ वटा वडामा भने वडाध्यक्षका लागि १ देखि १६ जनाको नाम सिफारीस गरिएको छ ।

216 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal