जनमोर्चा अध्यक्ष केसी वैशाख २ गते कपिलवस्तुको बाणगंगामा आउने

२०७९ बैशाख १ गते, बिहीबार

कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी कपिलवस्तु आउनुहुने भएको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, संघियताको खारेज गरौ भन्ने मुल नाराका साथ वैशाख २ गते (भोली) कपिलवस्तुको बाणगंगा नगरपालिका ६ सुठौलीमा आयोजित चुनावी सभालाई सम्बोधनका लागि आउनुहुने भएको हो ।

राष्ट्रिय जनमोर्चा बाणगंगा नगर कमिटी कपिलवस्तुद्धारा आयोजित चुनावी सभामा प्रतिगमन विरुद्धको गठबन्धनलाई सार्थकता दिन र समसामयिक विषयमा सम्बोधन गर्ने अध्यक्ष केसीको कार्यतालिका रहेको छ । स्थानीय तहको चुनाव नजिकिदै गर्दा जनमोर्चाका केन्द्रिय अध्यक्षनै आउने भए पछि यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

कार्यक्रममा उपस्थितीका लागि आम जनसमुदायलाई राष्ट्रिय जनमोर्चा बाणगंगा नगर कमिटीले आह्वान गरेको छ ।

151 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal