बुद्धभुमी ३ मा एमालेबाट बिकास आचार्य सहित तीन जना सिफारिस

२०७९ बैशाख १ गते, बिहीबार

कपिलवस्तु । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र अन्य पार्टी बाट पालिका प्रमुख र वडा अध्यक्षमा उम्मेदवारी दिने क्रम दिनानुदिन छ ।

नेकपा एमाले कपिलवस्तुले पनि कपिलवस्तुका सबै वडामा नेतृत्व गर्नको लागि वडा अध्यक्ष चयन गर्न र पालिका प्रमुख चयन गर्न लागि रहेको छ । यस्तै बुद्धभुमी नगरपालिका वडा नं। ३ मा पनि वर्तमान युवा वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्य (बिकास) सङै तीन जनाको नाम सिफारिस भएको नेकपा एमाले बुद्धभुमी ३ का वडा कमिटी अध्यक्ष धर्मराज गैरेले जानकारी दिनुभयो ।

वडा अध्यक्ष आचार्य सङै हुकुम बहादुर कुँवर र होमनारायण बेल्बासेले वडा को नेतृत्व गर्न आकाक्षिं हुनुहुन्छ । युवा नेता गोबिन्द प्रसाद ९बिकास० आचार्य, होमनारायण बेल्बासे र हुकुम बहादुर कुँवर मध्य जस्ले नेतृत्व को अवसर पाए पनि बुद्धभुमी ३ मा एमालेको लाल किल्ला बन्ने र एमाले ले नै जित्ने नेकपा एमाले कपिलवस्तुको आँकलन छ ।

643 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal