काठमाडौँ महानगरमा पनि गठबन्धन नगर्ने काँग्रेसको निष्कर्ष, तनावमा प्रचण्ड र नेपाल

२०७९ बैशाख ४ गते, आईतवार

काठमाडौं । नेपाली काँग्रेसले काठमाडौँ महानगरमा पनि गठबन्धन नगर्ने निर्णयमा पुगेको छ। कांग्रेस काठमाडौं महानगर समितिले गठबन्धन नगर्ने निष्कर्ष निकालेको हो।

आइतबार भएको नगर समितिको बैठकले ३२ वटा वडाका साथै मेयर र उपमेयरमा कांग्रेस एक्लैले चुनाव जित्ने निष्कर्ष निकालेको हो।

यो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर जित्ने योजना बनाइरहेको कांग्रेसले माओवादी र एकीकृत समाजवादीसहितका गठबन्धन दलसँग तालमेल गर्न नहुने निर्णय गरेको हो।

रुखबाहेक अन्त भोट हाल्न कांग्रेस कार्यकर्ताले अस्वीकार गरेकाले गठबन्धन नगर्ने आफ्नो निष्कर्ष माथिल्लो समितिमा पठाउने तयारी गरिएको महानगर समिति सचिव सुशन वैद्यले बताए।

‘हाम्रो समितिमा ३२ वडाकै साथीहरु हुनुहुन्छ। उहाँहरुको सवै साझा धारणा गठबन्धन नगरी चुनाज जित्न सकिन्छ भन्ने रह्यो। रुख बाहेक अन्य चिह्नमा भोट हाल्न बाध्य नपारियोस् भन्नुभएको छ,’ वैद्यले भने।

आइतवारको बैठकमा १६० सदस्यीय कार्यसमिति सदस्यमध्ये ३६ जनाले आफ्ना धारणा राखेका थिए। सवैले गठबन्धनको विपक्षमा आफ्नो मत प्रकट गरेका छन्। बैठकले आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी भने पदाधिकारीलाई दिएको छ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ मै उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ। मेयरका लागि शाक्यसहित महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रगतिमान रञ्जित, सचिव सुशन वैद्य, सिर्जना सिंह, नरोत्तम वैद्य र तीर्थराम डंगोल आकांक्षी छन्।

145 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal