एमाले बुद्धभुमीले गर्‍यो उपमेयरमा ४ महिला नेतृको नाम सिफारिस

२०७९ बैशाख ४ गते, आईतवार

कपिलबस्तु । नेकपा एमाले बुद्धभुमी नगर कमिटी बैठकले ४ जना सम्भावित उपमेयरको नाम जिल्लामा सिफारिस गरेको छ ।
चैत २९ गते बसेको नगरकमिटिको बैठकमा उप प्रमुखको लागि आकान्क्षीहरुको नाम माग गरिएकोमा ७ जना महिला नेतृले आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।

उपप्रमुख दाबेदारहरुको आपसी छलफल गर्दा ३ जनाले आफ्नो नाम फिर्ता लिए भने ४ जनाले आआफ्नो अडान कायमै राखेका थिय । जसमा यस अघी २०७४ सालको स्थानिय निर्वाचनमा उप प्रमुखमा पराजित मन्जु थारु लगाएत टिकादेबी उपाध्याय, सरिता निसाद र मिना चौधरी रहेका छन ।


मन्जु थारु पार्टीले एक पटक अवसर दिइएकि उम्मेदवार हुन । यस अघि मेयर पदमा रुपेश श्रेष्ठले १३७ मत अन्तरले पराजित हुदा उपमेयरमा ६०० बढि मतअन्तरले पराजित भएकी हुन । भुमी अधिकार मञ्च, अव्यवस्थित बसोबासी एव सुकुम्बासी समस्या समाधान आयोग लगाएत विभिन्न सामाजिक संघसस्थामा लामो समयदेखी सम्लग्न ब्याक्तित्व हुन ।

बुद्धभुमी ४ मोर्मा घर रहे पनि हाल उनी बाणगगा नपा स्थित बनगाईमा बसोबास रहेको छ । बुद्धभुमी ३ रनगाई घर रहेकी मिना चौधरी स्नातक तह सम्मको अध्ययन गरेको थारु समुदायकि महिला हुन । लामो समय देखि विभिन्न संघसस्था आबद्ध चौधरी हाल नेकपा एमालेको वडा कमिटी तहमा रहेर पार्टी काम गर्दै आउनुभएको छ ।

No description available.

बुद्धभुमिका १, २, ३, ४, ५, ८, ९ र १० नम्बर वडाहरुमा आदिवासी जनजाति थारु समुदायको बाक्लो बस्ती रहेकोले उप प्रमुखमा सबैभन्दा बडि मतदाता आकर्षक गर्न मिना चौधरी सक्षम हुने पार्टीले अपेक्षा गरेको छ ।

बुद्धभुमी १० धनकौली निवासी सरिता निसाद नेकपा एमाले बुद्धभुमिको नगर अधिबेशन बाट सर्वसम्मत निर्वाचित उप सचिब हुन । एस एल सि सम्मको अध्ययन गरेकी निसाद मधेसी सामुदायकि महिला हुन । बुद्धभुमीका ५,६,७,८ र १० मा मधेसी समुदायको बसोबास रहेकोले उत्त मत नेकपा एमालेमा तान्न सरिता निसादलाई उप प्रमुख बनाउदा बिजय हासिल गर्न सकिने एक थरिको विश्लेषण रहेको छ । त्यस्तै उप प्रमुखको दाबेदार मध्ये पार्टीमा सबैभन्दा पुरानो महिला नेत्री हुन टीकादेबि उपाध्याय । इमिलिया निवासी उपाध्याय हाल पार्टीको जिल्ला कमिटी सदस्य हुन । उहाँ स्वास्थ्य स्वयंसेवीकाको रुपमा र विभिन्न आमा समुह, संघसस्थामा आबद्ध रहि महिला हक अधिकार र पीडित महिलाहरुको संरक्षण , मुद्दामामिला मिलाउने कार्यमा अग्रसर महिला नेत्री हुन ।

समग्रमा हेर्दा बुद्धभुमिमा आदिवासी जनजातिको जनमत , शिक्षा र सक्रियता आदि कुराहरुको आकलन गर्दा मन्जु थारु र मिना चौधरी मध्ये एक जनालाई उप प्रमुख बनाउनेगरी पार्टी जिल्ला कमिटीले प्रदेशमा सिफारिस गर्ने आम कार्यक्रताको बुझाइ छ । यता भुगोललाई हेर्ने हो भने मेयर पदमा सिफारिस ६ जना नै राजमार्ग क्षेत्र बुद्धभुमी २ जयनगर र बुड्डि बाट भएकाले सबै भुगोल समेट्न नगरपालिकाको सबैभन्दा उत्तरी क्षेत्र बाट मिना चौधरी वा सबै भन्दा दक्षिणी भुभाग बाट सरिता निसाद उपमेयरमा सिफारिस हुने सम्भावना कायमै छ ।

1163 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal