शिबराज ५ मा जसपा बाट अरसलान खानको चर्चा

२०७९ बैशाख ५ गते, सोमबार

कपिलवस्तु । आसन्न स्थानीय निर्वाचन बैशाख ३० को लागि विभिन्न पार्टी हरु बाट नेता कार्यकर्ता हरुको उम्मेदवारी दिने होडबाजी नै चलेको छ । यस्तै जिल्लाको शिबराज नगरपालिका ५ बाट जनता समाजवादी पार्टी नेपालको तर्फ बाट शिबराज क्षेत्रका चर्चित डा. वसिउल्लाह खाँको छोरा अरसलान खानको उम्मेदवारी रहने बताईएको छ । खाँ बिगत केही बर्ष देखि सामाजिक, राजनैतिक क्षेत्रमा सक्रिय समाजसेवी हुनुहुन्छ ।

युवा नेतृत्वको को माग आहिरहेको सन्दर्भमा नेता खाँ ले शिबराज नगरपालिका ५ को नेतृत्व गर्ने उम्मेदवारी घोषणा गर्नु भएको छ । यस्तै शिबराजमा सत्तारूढ गठबन्धन भने नहुने देखिएको छ ।

जनता समाजवादी पार्टी बलियो भएका कारण शिबराजमा जनता समाजवादि पार्टी ले नेतृत्व पाउनुपर्ने माग राख्दै आएको छ भने यता नेपाली कांग्रेसले पनि आफ्नो पार्टी बाट उम्मेदवारी सिफारिस गरिसकेको छ ।

भोलि बैशाख ६ गते जनता समाजवादी पार्टी नेपाल शिबराज ५ वडा कार्य समितिले उम्मेदवारको सिफारिस गर्ने छ । शिबराज नगरपालिका वडा नं ५ मा जनता समाजवादी पार्टी नेपालको तर्फबाट अरसलान खाँन को चर्चा चलिरहेको छ । युवा नेता खाँन सङै युवा समाजसेवी मेनाज खाँन पनि पार्टीको तर्फबाट उम्मेदवारको आकाक्षिं हुनुहुन्छ ।

357 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal