राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीको सदस्यमा किरण खड्कासहित ५ जना मनोनित

२०७९ बैशाख ११ गते, आईतवार

कपिलवस्तु । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीमा किरण खड्कासहित ५ जनालाई सदस्यमा मनोनित गरिएको छ । कपिलवस्तु जिल्ला राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकले खड्कासहित प्रकाश क्षेत्री, बिष्णु राई, शशांक पौडेल र नवीन आचार्यलाई सदस्यमा मनोनित गरेको हो । संघका नगर कमिटी अध्यक्ष कमल घिमिरेले नगर कमिटी सदस्यमा मनोनित सबैलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

कमिटीमा मनोनित बाणगंगा- ७ कोईली बनगाई निवासी युवा व्यवसायी किरण खड्काले पार्टीको काम कारबाहीलाई जनताका माँझ लैजादैं निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउन दृढताका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

124 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal