विजयनगरको वडा-१ बाट चौधरीको स्वतन्त्र उम्मेदवारी

२०७९ बैशाख १२ गते, सोमबार

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर १ बाट सञ्जय चौधरीले उम्मेदवारी दिनु भएको छ । उहाँले स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । सोमबार निर्वाचन कार्यालयमा पुगी सञ्जय चौधरीले उम्मेदवारी दिनुभएको हो ।

वडामा चौधरीले लामो समयदेखि समाजसेवा गर्दै आउनुभएको छ । उहाँले यस वडामा एक सक्रिय युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।

चौधरीलाई वडा अध्यक्षमा जिताउनु पर्ने भन्दै अधिकांश युवाले साथ दिएका छन् । हरेक दृष्टिकोणको पछाडी परेको क्षेत्रमा युवाको उम्मेदवारीले वडाबासी खुसी भएका छन् ।

243 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal