बाणगंगा राप्रपाले मेयरमा महिलालाई अवसरः मेयरमा थारु, उप मेयरमा शर्माको मनोनयन

२०७९ बैशाख १३ गते, मंगलवार

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाणगंगा नगरपालिकाको मेयर, उपमेयर सहित ११ वटै वडामा उम्मेद्वारको मनोनयन दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय गजेहडामा राप्रपाले तामझामका साथ उम्मेद्धारी दर्ता गराएको हो । राप्रपाबाट मेयरमा सिता कुमारी थारु र उपमेयरमा डिल्ली शर्माले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

यस्तै वडा नं.१ को अध्यक्षमा सुर्य कुमार गुरुङ, वडा नं. २ को अध्यक्षमा हरि प्रसाद घिमिरे, वडा नं. ३ को अध्यक्षमा जीउ नारायण थारु चौधरी, वडा नं. ४ को अध्यक्षमा निर्मल कुमार शाही, वडा नं. ५ को अध्यक्षमा माधव प्रसाद घिमिरे, वडा नं. ६ को अध्यक्षमा रुकमनी चौधरी, वडा नं. ७ को अध्यक्षमा विकास रेग्मी, वडा नं. ८ को अध्यक्षमा भग्रेन्द बहादुर उचै ठकुरी, वडा नं. ९ को अध्यक्षमा थमन सिंह थापा, वडा नं. १० को अध्यक्षमा राम बहादुर थारु र वडा नं. ११ को अध्यक्षमा खेमराज बेल्वासेले मनोनयन दर्ता गराएका छन् ।

राप्रपा प्रति जनलहरु बढेकाले साप्रपाको उम्मेद्वारको जित हुने राप्रपाका केन्द्रिय सदस्य धुर्व रायमाझिले बताउनुभयो ।

130 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal