उत्कृष्ट काम गरेका युवा नेता बिकास आचार्य फेरी चुनावी मैदानमा

कपिलवस्तु । नेकपा (एमाले) को तर्फबाट कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ मा वडाध्यक्ष पदका उम्मेद्वार गोबिन्द प्रसाद आचार्य (विकास) चुनावी मैदानमा उत्रीनुभएको छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा लोकप्रिय मतका साथ विजयी भई नगरमै उत्कृष्ट कार्य गर्न सफल आचार्य यस पटकको चुनावमा पनि विजयी हुने लक्ष्यका साथ अगाडि बढ्नुभएको छ । युवा नेता, प्रखर वक्ता तथा लोकप्रिय नेताका रुपमा परिचित आचार्य यहि बैशाख ३० गते शुक्रवारका दिन हुने स्थानीय तहको निर्वाचनमा अर्याल चुनावी मैदानमा उत्रदै हुनुहुन्छ ।
आचार्य नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुका सचिवालय सदस्य, अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्ज समेत रहनुभएको छ ।
वि.स. २०५८ सालबाट पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुबाट संगठित भई दुई दशक भन्ला लामो समय देखि राजनितिमा होमिनुभएका आचार्य नेपाल राष्ट्रिय मावि रनगाईको तत्कालिन प्रारम्भिक कमिटिको अध्यक्ष, सिद्धार्थ स्कारक उच्च मावि भेलाईको तत्कालिन उच्च मावि कमिटि अध्यक्ष, गौतमबुद्ध क्याम्पसको अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष, अनेरास्ववियु जिल्ला कमिटि सदस्य, जिल्ला सचिव, केन्द्रिय सदस्य हुंदै अहिले पार्टीको जिल्ला कमिटि सचिवालय सदस्य तथा विद्यार्थी जिल्ला सह–ईन्चार्जको जिम्मेवारी सम्हाल्नुभएको छ ।
३१ बर्षका वडाध्यक्ष पदका उम्मेद्वार युवा नेता आचार्य एमालेको तर्फबाट बुद्धभूमि नगरपालिकाका सबै वडाका वडाध्यक्ष पदका उम्मेद्वार मध्ये सबै भन्दा कान्छो उम्मेद्वारको रुपमा छनौट हुुनुभएको छ । २५ बर्षको सानो उमेरमै गत स्थानीय तहको निर्वाचनमा निर्वाचित आचार्यले नगरमै उत्कृष्ट काम गरेकाले पार्टीले टिकट दिएको पार्टीका अग्रज नेताहरु बताउँछन् । युवा नेता आचार्य अनुशासित र लोकप्रिय व्यक्तिको रुपमा चिनिनुहुन्छ । आचार्यले आफुलाई योग्य ठानेर पार्टीले वडाध्यक्षको टिकट दिएकोमा पार्टीका अग्रज नेता लगायत सम्पुर्णमा आभार व्यक्त गर्नुभएको छ ।
उहाँले वडामा रहेका अधुरा काम पुरा गर्ने र वडालाई समृद्ध बनाउनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । आचार्यले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आचार्य वडाध्यक्षका उम्मेद्वार भएसंगै वडावासी तथा युवावर्ग उत्साहित भएका छन् ।
आचार्य मात्र होईन वडा हाक्ने जुझारु टिम चुनावी मैदानमा उत्रीएको छ । आचार्यसंगै एमालेको तर्फबाट वडा सदस्यमा यम बहादुर थापा, बिष्णु प्रसाद चौधरी, महिला सदस्यमा मिना चौधरी, दलित महिला सदस्यमा सुमित्रा सुनार लगायतको टिम प्यानलनै निर्वाचित हुनका लागि लागिपरेको छ ।