तरुणदल बाणगंगाका सचिव अर्याल एमालेमा प्रवेश

कपिलवस्तु । नेपाली कांग्रेसको जनवर्गीय संगठनको महत्वपुर्ण जिम्मेवारी सम्हाल्नुभएका युवा राजु अर्याल एमालेमै फर्किनुभएको छ । तरुणदलका बाणगंगा नगर कमिटि सचिव नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको जिल्ला कमिटि सदस्यमा मनोनित हुनुभएको जिल्ला अध्यक्ष कमल क्षेत्रीले बताउनुभएको छ ।
युवाहरुलाई समावेश गर्दै अगाडि बढ्ने पार्टी एमाले र जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल भएकोले एमाले पार्टी रोजेको अर्यालले बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटिका अध्यक्ष कमल क्षेत्रीले अर्याललाई स्वागत गर्दै पछुताउनु नपर्ने बताउनुभयो ।त्यस्तै राष्ट्रिय युवा संघ नेपालका बाणगंगा नगर कमिटि अध्यक्ष कमल घिमिरेले अर्याललाई स्वागत गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।