वडाध्यक्षका उम्मेदवारको निधन पछि बुद्धभूमि नगरपालिकाको निर्वाचन स्थगित
२०७९ बैशाख १७ गते, शनिबार
![](https://buddhabatikaonline.com/wp-content/uploads/2022/04/Prakash-tiwari-Buddhabhumi-606x433-1.jpg)
कपिलवस्तु । वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको छ । नगरपालिकाको वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेबाट उम्मेदवार बनेका तिवारीको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।
![](https://buddhabatikaonline.com/wp-content/uploads/2022/04/Buddhabhumi-gaunpalika-1152x1536-1-768x1024.jpg)
286 Views