कृष्णनगरमा चुनाबको माहोल उत्साहजनकः चौतर्फि चर्चामा कुनाल प्रताप शाह

सुमन पौडेल, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा चुनावी चहलपहल बढेको छ । चुनावी अभियानले कृष्णनगरबासीमा उत्साह ल्याएको छ । नयाँ चेहरा, स्वच्छ, सरल, कुशल नेतृत्व गर्न सक्षम रहेको नेकपा एमालेबाट उम्मेदवार कुनाल प्रताप शाहको उम्मेदवारीले रौनकता पाएको छ । यसै क्रममा चुनावी अभियानमा होमिएका शाह मतदाताको घरमा पुग्दा कृष्णनगरमा नयाँ नेतृत्वको आवश्यकता रहेकोे जसका लागि कुनाल प्रताप शाह नै योग्य रहेको मतदाताहरुले बताएका छन् ।

कृष्णनगरमा विना योजना अनुसार काम गर्दा नागरिकको जीवन स्तरमा कुनै परिवर्तननभएकोले आगामी दिनमा कृष्णनगरको चौतर्फी विकासको लागि कुनाल प्रताप शाहबाट नै सम्भव रहेकोेले जसका लागि जिताउनमा उहाँलाई नै सहयोग गर्ने मतदाताहरुले बताएका छन् ।

शाहले चुनावी प्रचारप्रसारलाई तीब्र निरंतरता दिदै घोषणापत्र अनुसार काम गर्ने मतदाताहरु संग प्रतिबद्धता गरिरहेका छन् । शाह जनताको लोकप्रिय नेताभएकोले उहाँ संगै कृष्णनगरबासी लगाएत उम्मेदवारमा रहेका प्रभावशाली व्यक्तिहरु उपमेयर,वडा अध्यक्ष र सदस्यहरुको साथ सहयोग रहेकोेले चुनाव जित्ने निश्चिति नै रहेको आकालन गरिरहेका छन् ।
कृष्णनगरको जनताले सेवा गर्न अवसर दिने जुन सोच बनाएका छन् उहाँहरुको इच्छा आकांक्षालाई सकार पार्ने शाहले बताउनु भयो ।
