शितगंगा नगरपालिका १३ का जनताका मनमनमा लोकप्रियः वडा अध्यक्ष उमेदवार बि.सी

२०७९ बैशाख २० गते, मंगलवार

अर्घाखाची । देश कै ठूलो नगरपालिका शितगंगा नगरपालिका वडा नम्बर १३ मा नेकपा एमाले का उमेदवार दुर्गा बहादुर बि.सी अघिल्लो स्थानीय चुनावमा जनताको माया र बहुमुल्य भोटका कारण वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। गत वर्षको कार्यकालमा अध्यक्ष पदमा रहेर आफुले गरेको विभिन्न वडाको बिकास मै कारण आफुलाई पार्टी र जनताहरुले पुन अध्यक्ष को उमेदवार दिएको पुनको भनाई छ ।

जनताहरु भन्छन् हजुर जस्तो अध्यक्ष दोहोरिएर हैन तेहेरिएर आए पनि हामी जिताउछौँ ढुक्क हुनुस् । कसैले कुनै कुरा मा गल्ती औल्याइदिएला तर न आत्तिनु त्यो पाठ सिकाएको हो।हजुरले यो पाच वर्ष सम्म जनताको जसरी अभिभावक बनेर सेवा गर्नु भयो नि यसै कारण हामी पुःन तपाइँलाई अध्यक्ष पदमा निर्वाचित बनाएरै छोड्छौँ। यसरी जनताले दिएको साथ र मायाको महसुसले उमेदवार बि.शीले आखामा खुशीका आँसु आएको बताए । अझै यसैगरी आगामी निर्वाचन पछि कदम कदापि यताउता भए पनि म जनता कै अभिभावक बन्नेर सेवा गर्ने प्रतिबद्धता समेत जाहेरी गरेका छन्।

301 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal