म्यादी पोशाक लगाएर भाइरल भिडियो बनाउने कपिलवस्तुका नवराज प्रहरी फन्दामा

२०७९ बैशाख २१ गते, बुधबार

कपिलवस्तु । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।

माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ ।प्रहरीले नियन्त्रणमा लिएको ‘म्यादी प्रहरी’ भनिएका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएर खुलेको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने पुरन भट्टराई रहेको बताए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

‘दुई जनाले सल्लाह गरेरै भिडियो बनाएको देखियो । म्यादी प्रहरी रहेका पुरनले नवराजलाई ड्रेस उपलब्ध गराएर उक्त भिडियो बनाएका रहेछन्,’ उनले भने ।

कानुनले बर्जित गरेका शब्दहरु उच्चारण गर्दै भिडियो बनाएका रेग्मीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो । सोधपुछको क्रममा उनी म्यादी नै नभएको खुलेको थियो । सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्द चलाइने प्रहरीले जनाएको छ ।

348 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal