शिवराजका सम्पुर्ण नगरबासिहरुलाई समान व्यवाहार गर्छुः मेयरका उम्मेद्वार पोख्रेल

२०७९ बैशाख २२ गते, बिहीबार

कपिलवस्तु । शिवराज नगरपालिका नगर प्रमुख पदका आकांक्षि महादेब पोख्रेलले नगर भित्रका सम्पुर्ण नागरीकलाई एकै नजरले हेर्ने बताउनुभएको छ । नेकपा एमालेबाट मेयरमा उमेद्धारी दिनुभएका पोख्रेलले चुनाप जितिसकेपछि कसैलाई पनि पार्टीको नजगरले नहेर्ने र सबैलाई समान नजरले हेर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा नं ४ एमाले वडा कमिटिले आयेजना गरेको पार्टि प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले आफुले गर्ने काममा जनताको सिर झुक्न नदिने वाचा गर्नुभयो । निवर्तमान नगर प्रमुख नेत्रराज अधिकारीको अवधिमा धेरै कामहरु भएको र कतिपय कामहरु बाँकि रहेको र ति कामहरु पुरा गर्दै नयाँ योजनाहरु ल्याउने उहाँले बताउनुभयो ।

नागरिकसगँ सल्लाह सुझाबको आधारमा कुन योजना कहाँ राख्ने भन्ने निणर्य गर्ने पनि पोख्रेलले बताउनुभयो । ५ बर्षको अवधिमा शिक्षा, स्वास्थय, कृषि लगयतका क्षेत्रमा विशेस काम भएको र अफुले गरेका कामको आफै प्रचार गर्दै नहिडेको बताउदै नगर कै समस्याको रुपमा रहेको भुमिहिन सुकुम्बासिको समस्यालाई आफुले जितेर गए लगत्तै सुुरु गर्ने बताउनुभयो ।
नगरमा भएका कलेजलाई व्यवस्थापन गर्दै डिग्रि कलेज संचालन गर्ने, यस क्षेत्रमा रहेका उद्योगहरुमा यहाँका युवाहरुलाई साझेदारी रुपमा कामगर्ने बातावरण मिलाउने पनि बताउनुभयो । पार्टि प्रवेश कार्यक्रममा नेपालि कांग्रेस क्षेत्रिय प्रतिनिधि मोहन केसि र रमेस सिहं खातिको नेतृत्वमा ६६ जना एमाले प्रवेश गरेको नगर कमिटि अध्यक्ष जगत पौडेलले बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला कमिटि सचिब चन्द्र बहादुर गहतराज, उप सचिब अर्जुन केसि, जिल्ला कमिटि सदस्य तथा नगर उप प्रमुख पदका उमेद्धार शिवकुमारी थारु लगायत जिल्ला नगर र वडा कमिटिका नेता कार्यकताको बाक्लो उपस्थिती रहेको थियो ।

251 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal