शिवराज २ मा एमालेको भव्य कोण सभा तथा र्यालि (फोटो फिचर)

कपिलवस्तु । नेकपा एमाले शिवराज नगर कमिटिको आयोजनामा वडा नं २ मद्रहवामा बृहत कोण सभा तथा र्यालि भएको छ ।

नेकपा एमालेको नेत्री तथा चर्चित अभिनेत्री करिस्मा मानन्धर र सांसद तथा एमाले नत्रि गंगा चौधरीको विशेष उपस्थितिमा कोण सभा तथा र्यालि भएके थियो । कोणशभामा हजारौको संख्यामा नागरीकहरुको उपस्थिती रहेको थियो ।

चुनाव लक्षित घरदैलो कार्यक्रममा नेपालि कांग्रेस परीत्याग गरी एमाले पवेश गर्ने नवप्रवेशिहरुलाई उहाँहरुले टिका लगाएर पार्टि प्रवेश गराउनुभएको थियो ।


कार्यक्रममा शिवराज २ का वडा अध्यक्ष पदका उमेद्धार कल्लु थारुले चुनावि घोषणा पत्र पनि सार्वजनिक गर्नुभएको छ ।


आपनो वडालाई शिक्षा, स्वास्थ र कृषिका क्षेत्रमा अब्बल बनाउन लागि पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालयमा पुर्याउने उहाँले बताउनुभयो । खरको छाना मुक्त वडा र सुकुम्बासीका लागि लालपुर्जा प्रदान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै नगर उप प्रमुख पदका उमेद्धार शिवकुमारी थारुले ५ बर्षको अवधिमा भएका कामरु र अझ बाकि रहेका कामहरु पुरा गर्ने बताउर्दै लक्षित वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

मेयर पदका उमेद्धार महादेब पोख्रेलले नगरका टोल टोलका समस्यालाई मनन गरेर योजना निमार्ण गर्ने बताउनुभएको छ । भित्रि बस्तिहरुमा पनि समान विकासको योजना बनाएर सबैलाई समान नजरबाट हेर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी अभिनेत्री करिस्मा मानन्धरले देशलाई समृद्धि तुल्याउन सुर्यमा मतदान गर्न आगव्रह गर्नुभयो । देश विकास गर्नसक्ने शक्ति भएको पार्टि नै एमाले भएकोले सबैलाई एमालेमा गोलबद्ध हुन आग्रह पनि गर्नुभयो ।

आगामि ३ण् गते हुने चुनावमा ७ ठाउँमा सुर्यमा छाप लगाएर आफुबाटै देश निमार्णमा कदम चाल्न पनि मानन्धरले आग्रह गर्नुभयो । यसैगरी सांसद गंगा चौधरीले केपि ओलि सरकारको पालामा धेरै नमुनायोग्य काम गरेको बताउदै अन्य राजनितिक दल भनेका देशलाई विकास भन्दा पनि विनास गर्ने काम बढि गर्ने गरेको आरोप लगाउनुभयो । केन्द्र, प्रदेश, जिल्ला तहदेखि नगर कमिटि सम्मका थुप्रै नेताहरुको उपस्थिती रहेको कार्यक्रम शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
