जनताको समस्या बुझँदै घरदैलोमा रामदास चौधरी

२०७९ बैशाख २४ गते, शनिबार

कपिलबस्तु । नेकपा एमाले महाराजगंज नगरपालिकाले घरदैलो कार्यक्रमलाई जोड दिएको छ । पालिका निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेले घरदैलो कार्यक्रमलाई जोड दिएको हो । वडा अध्यक्षका उमेदवार रामदास चौधरी सहित नेता कार्यकर्ताको साथमा घरदैलो अभियानमा लागेको हो । घरदैलोसँगै एमालेले जनताको समस्या पनि बुझ्दै आएको मेयरका प्रत्यासी रामदास चौधरीले बताउनुभयो ।

घरदैलोमा भोट माग्ने मात्र नभएर जनताको समस्याको बारेमा जानकारी लिने गरेको चौधरीले सुनाउनुभयो । अहिले जनताको समस्याको बारेमा जानकारी लिएको र निर्वाचित भएपछि यसको सामाधान गरिने चौधरीले बताउनुभयो । भ्रष्टाचारलाई न्यूनिकरण गर्ने मात्र नभई जरैदेखि निर्मूल गर्ने प्रतिबद्ध स्थानीय सरकार बनाउँने योजना सहित आफुहरु चुनावी मैदानमा होमीएको उहाले बताउनुभयो .

यस्तै वडालाई शैक्षिक हब र गुणस्तर शिक्षाको गन्तब्य बनाउने एमालेले लक्ष्य लिएको उनले बताए ।आम महाराजगंज वासीको समस्या समाधान गर्न सक्ने र बहाना बनाएर पछि नसर्ने भएको हुदा निर्धक्क भएर नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गर्न आम नागरिक संग आग्रह गर्नु भयो ।

245 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal