बुद्धभूमी २ र ३ वडामा आधुनिक सडक बत्ती जडान हुँदै
२०७९ बैशाख २६ गते, सोमबार

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाको वडा नम्बर २ र ३ मा आधुनिक सडक बत्ती जडान हुने बताइएको छ ।
बुद्धभूमि ३ मा उपभोक्ता समिति सँग सम्झौता भएको र निर्वाचनको कारणले जडान नगरेको पुर्व वडा अध्यक्ष गोविन्द आचार्य विकासले बताए ।
निर्वाचन आचार संहिता लागु भएको कारणले निर्वाचन पछि टोलटोलमा सडक वत्ती जडान गर्ने बताए । नगरपालिकामा मुख्य स्थलमा सुरक्षाको लागी सडक बत्ती जडान गर्न लागेको बुद्धभूमि वडा नम्बर २ का अध्यक्ष भेषराज खनालले बताउनु भयो । जडान गर्ने सडक बत्ती अटोमेटिक हुने र टोल विकास समितिलाई संरक्षणको जिम्मा दिने समेत खनालले बताउनु भयो ।
455 Views