सन्धिखर्कका मेयर पदका उम्मेदवार श्रेष्ठलाई मातृशोक

२०७९ बैशाख २६ गते, सोमबार

अर्जुन भुसाल, अर्घाखाँची । नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठलाई मातृशोक परेको छ । ८६ वर्षिया आमा उमाकुमारी श्रेष्ठको बिहान आफ्नै घरमा निधन भएको हो ।

उहाँको अहिले गच्छेघाटमा अन्तेयष्टि गरिँदै छ । अन्तेयष्टिमा ठूलो संख्यामा बजारबासी, विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरूको उपस्थिति रहेको छ ।

स्वर्गीय उमाकुमारीका श्रीमान, चार भाइ छोरा र दुई छोरी छन् । मेयर पदका उम्मेदवार श्रेष्ठले आमाको निधनले आफू शोकमा परेपनि आफ्नो टिमले निर्वाचनका गतिविधिलाई व्यवस्थित गर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा खट्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।

127 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal