पूर्वाग्रह र भेदभाव नगरी वडाबासीको सेवक बनेर काम गर्छु: वडा अध्यक्ष केसी

२०७९ जेष्ठ ९ गते, सोमबार

कमल बिष्ट, कपिलवस्तु । शिवराज नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष खिमबिक्रम केसीले आफु जुन सुकै पार्टी बाट निर्वाचित भएपनि सबै वडा बासीको सेवक बनेर काम गर्ने बताएका छन् ।

वडा कार्यालयमा आज पदभार ग्रहणका क्रममा प्रतिक्रिया दिदै आफु नेकपा एमालेको रुपमा उम्मेद्बारी दिएर विजयी भएतापनि अब आफु सम्पूर्ण वडाबासीहरुको सेवकको रुपमा भेदभाव र पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

पदभार ग्रहण गरेसङ्गै वडा कार्यालयले अब नागरिक लाई सेवा प्रवाह गर्न सहज हुनेगरी वडा कार्यालय भवन निर्माण गर्ने पहोलो निर्णयमा हस्तान्तरण गरेर कार्यकालको शुभारम्भ गरेका हुन ।

वडा अध्यक्ष केसी संगै वडा सदस्यहरु भिखु थारु, रामलिले थारु, गङ्गा घर्ती मगर र कुमारी बसन्ती दुधराजले समेत संयुक्तरुपमा पदभार ग्रहण गरेका थिए । नव निर्वाचित जनप्रतिनिधि लाई वडा सचिब धनिश्वरा बैजालीले स्वागत गर्नुभएको थियो ।

298 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal