अवैध लागुऔषध सहित काठमाडौँ बाट चारजना पक्राउ

२०७९ जेष्ठ ११ गते, बुधबार
सांकेतिक तस्बिर

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ पिङ्लाबाट नियन्त्रित लागुऔषध डाइजेपाम, फेनारगन र बुप्रेनर्फिनसहित चारजना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले एकहजार २२२ एम्पुल लागुऔषधसहित सप्तरी वलान विहुल गाउँपालिका–३ ठेगाना भएका २२ वर्षीय मनिष कुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बाल कुमार दासलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

186 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal