स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक घाइते
२०७९ जेष्ठ १३ गते, शुक्रबार

काठमाडौँ । स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते हुनुभएको छ । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते हुनुभएको हो ।
उहाँको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । थप उपचारका लागि उहाँलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उहाँ खस्नुभएको हो ।
118 Views