कुशल र आसिफलाई चोट: नेपाल समस्यामा

२०७९ जेष्ठ २२ गते, आईतवार

काठमाडौ । आइसिसी विश्वकप लिग २ का खेलहरु खेल्न नेपाली रास्ट्रीय क्रीकेट टोलि अहिले अमेरिकामा छ । आगामी विश्वकप लिग २ का खेलहरु खेल्न नेपाली टोलि गएको साता त्यहाँ पुगेको हो ।

यसैबिच नेपाली रास्ट्रीय क्रीकेट टोलिका स्थायी र भरपर्दा दुई ओपेनर कुशल भुर्तेल र आसिफ शेख लाई चोट देखिएको छ । आसिफ शेखलाइ नेपाली अल स्टार्सबिरुद्ध खेल्दा चोट लागेको थियो भने कुशल भुर्तेल हिजोको खेलमा चोटिल भएका थिए । यी दुबै ओपनर हरुले गत बर्षदेखि नै नेपाली टिमको अग्रपंक्ति समालिरहेका छन ।

कुशल र आसिफ लाई चोट लागेपछी नेपाली टिम अहिले समस्यामा देखिएको छ । यिनिहरुबाहेक स्क्वाड मा त्यस्तो भरपर्दो ओपनर कोहि पनि छैनन । नेपाली टिमले जुन ९ मा कडा प्रतिस्पधी मानिएको ओमान सङ्ग खेल्ने तालिका रहेको छ । त्यहाँ रहेर नेपालले कुल ४ वटा म्याच खेल्नेछ ।

यसैबिच क्यानले अमेरिकासँग खेल्ने पहिलो खेल जेठ २६ मा आसिफ र कुशल खेल्नेमा शंकास्पद भएपछि सुवास खकुरेललाई बोलाएको छ । अनुभवी विकेटकिपर खकुरेलले बन्द प्रशिक्षणको क्रममा भएको अभ्यास खेलमा ब्याटिङ र किपरमा राम्रो प्रदर्शन गरेपछि सिनियर टोलीमा बोलाएको जनाएको छ ।

आसिफ पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग खुट्टामा चोटका कारण १ रनमा रिटार्य हर्ट भएका थिए । आसिफको घुँडामा चोट लागेको थियो । कुशल नेपाली अल स्टार्ससँग रोयल डक र ह्युस्टन हरिकेन्सविरुद्ध १ रनमा आउट भएका थिए । कुशलको फिल्डिङ गर्नेक्रममा तीघ्रामा चोट लागेको थियो । दुबै ओपनर घाइते हुँदा पहिलो खेलमा खकुरेल र सुनिल धमलाले नेपालको ओपनिङ गर्ने सम्भावना छ ।

अमेरिकामा नेपालको खेल तालिका –

जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

208 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal