महिला कर्मचारीलाई दुव्र्यवहार गर्न खोजेका अधिकारीलाई बर्खास्त गर्न खोज्दा झलनाथ खनालले रोकेपछी…

२०७९ असार ३ गते, शुक्रबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायूसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी माथी गाली गलौज गर्दे अभद्र व्यवहार गरेको अडियो शुक्रबार बिहान सार्वजनिक भयो ।

अडियो सार्वजनिक भएपछि मन्त्री आलेविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना पनि भयो । पार्टीले फिर्ता बोलाएका कारण कुनै पनि पद छाड्नु पर्ने भएपछि अर्थात मन्त्रीपद छाड्नु पर्ने भएपछि मन्त्री आलेले आफू जानु भन्दा अगाडि नेपाल वायू सेवा निगमको टिकट अनलाईन प्रणालीमा लैजान पटक-पटक निर्देशन दिएको तर कार्यन्वयन नभएपछि त्यस घटना भएको स्रोतले जानकारी दियो ।

अध्यक्ष अधिकारी निगमकै क्याप्टेन उद्धव घिमिरेसँगको मिलिमतोमा अनलाईन टिकट बिक्रिमा लागि बाधक भएको आरोप मन्त्रीले लगाएका थिए । आफ्नो योजनामा बाधक भएको भन्दै मन्त्री आले अधिकारीमाथि खनिएका थिए । मन्त्रालय उच्च स्रोतका अनुसार यो घटना मन्त्रालयमा नभई बाहिर भएको थियो । मन्त्रालय स्रोतका अनुसार अधिकारीमाथि निगमका महिला कर्मचारीले उजुरी समेत गरेको र त्यस बिषयमा अधिकारीले स्पष्टिकरण समेत दिएका थिए ।

नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निकट अधिकारीलाई मन्त्री आलेले हटाउन निकै बल गरेका थिए । तर खनालले मन्त्री आलेलाई अधिकारीलाई सोधिएको स्पष्टीकरण फिर्ता लिन र कारबाही नगर्न दबाब दिएको स्रोतले जनायो ।

156 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal