महिला कर्मचारीलाई दुव्र्यवहार गरेका वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रीपरिषदमा

२०७९ असार ३ गते, शुक्रबार

काठमाडौं । विवादै विवादमा परेका नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ । पर्यटन मन्त्रालयले उनलाई बर्खास्त गर्न प्रस्ताव अघि बढाएको हो ।

उनलाई पर्यटन मन्त्रालयले यसअघि दुईपटक स्पष्टिकरण सोधिसकेको छ । स्पष्टिकरण चित्त नबुझेकाले उनलाई हटाउन लागिएको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए ।

आफुलाई हटाउन लागेको थाहा पाएपछि अधिकारीले मन्त्री प्रेम आलेलाई बदनाम गराउन लागिपरेका छन् । आलेसँगको विवादको अडियो गोप्य रुपमा रेकर्ड गरी उनले सार्वजनिक गरिदिएका छन् । जबकी मुकुली अपराध संहिताअनुसार कसैको अनुमतिविना कुराकानी रेकर्ड गर्न पाइन्न । यसबारे मन्त्रीले आलेले कानुनी परामर्श थालेको उनको सचिवालयका एक अधिकारीले बताए । बिचौलियाको काम गर्ने क्याप्टेन उद्धव घिमिरे र अधिकारी मिलेर सो अडियो रेकर्ड गरिएको थियो ।

अध्यक्ष अधिकारी यसअघि निगमकै कर्मचारीमाथि यौनहिंसा गरेको घटनाका आरोपी हुन् । त्यस विषयमा पनि सरकारले थप छानबिन गर्ने भएको छ । त्यतीबेला उनले पावर लगाएर पीडितलाई उजुरी गर्न रोकेका थिए । पछिल्लो समय निगमभित्र बेथिती बढेपछि सरकारले उनलाई हटाउन लागेको हो ।

152 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal