धनगढी विमानस्थल स्तरोन्नति कार्यको शिलान्यास

२०७९ असार ११ गते, शनिबार

धनगढी । धनगढी विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरिएको छ । शनिवार एक कार्यक्रमका बिच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल स्तरोन्नतिको कार्यको शिलान्यास गरेका हुन् ।

धनगढी विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच उनले स्तरोन्नतिको निर्माण कार्यको शुभारम्भ गरेका हुन्। उक्त स्तरोन्नतिको निर्माण कार्य अन्तरगत टर्मीनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण हुने मन्त्रालयले जनाएको छ।मन्त्री आलेले भने, “पर्यटकहरू आउँदाखेरि गर्मीको मौसममा पानीको फोहोरा बनाउनुपर्छ भनेर वाटर फाउन्टेन र एयरपोर्टमा राम्रो क्यान्टिन नभएकाले त्यसको निर्माण गर्नुपर्छ भनेको थिएँ, आजदेखि सुरुवात भयो ।”

May be an image of outdoors and text that says 'माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आलेज्यूको करकमलबाट धनगढी विमानस्थलको स्तरोन्नति (टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिज सिस्टम, वाटर फाउन्टेन, क्यान्टिन, गेट निर्माण) सम्बन्धि निर्माण कार्यको शिलान्यास सु-सम्पन्न भयो। इति सम्बत् २०७९ आषाढ ११ गते रोज ७ शुभम्'

ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट १ अर्ब बजेट छुट्याएको बताइएको छ। क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको हो। सोहीअनुसार आवश्यक पर्ने २ सय ५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया सुरु भैसकेको छ ।

236 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal