भारतमा दुई हजार दरका नोट फिर्ता लिने केन्द्रीय बैंकको घोषणा

२०८० जेष्ठ ५ गते, शुक्रबार

नयाँ दिल्ली । भारतको केन्द्रीय बैंकले दुई हजार रुपैयाँ दरका नोट बजारबाट फिर्ता लिने घोषणा गरेको छ ।

भारतीय रिजर्भ बैंकले बैंकहरुलाई ग्राहकका लागि तत्कालै लागू हुनेगरी २ हजार दरका नोट जारी नगर्न निर्देशन दिएको हो । रिजर्भ बैंकका अनुसार यही मे २३ देखि कुनै पनि बैंकमा गएर २ हजारका नोट अन्य दरका नोटसँग साट्न सकिने जनाएको छ ।

भारतीय रिजर्भ बैंकले यही वर्षको सेप्टेम्बर ३० सम्म २ हजार दरका नोट बैंकमा जम्मा गर्न सकिने जनाएको छ । यद्यपि यी नोटहरु सेप्टेम्बर ३० पछि पनि बजारमा प्रयोग गर्न सकिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

43 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal