सरकारले गम्भीर अपराध लाई संरक्षण गरेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरलले सकारका गंभिर अपराधका विषयमा जति आलोचना गरेपनि कम हुने बताउनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारका पक्षका दलहरु मिलेर अनुसन्धान प्रतिवेदन हल्काफुल्लका तयार गरी आफ्ना मान्छेहरुलाई जोगाउने र प्रतिपक्षी दलकालाई फसाउने रणनीति लिएको आरोप लगाउनुभएको छ । सार्वजनिक रुपमा पिडितसँग गरेको सम्बाद हुँदा हुँदै पनि अनुुसन्धान सुरुदेखी नै आशंकालाई पुष्टि गरेको बताउनुभएको हो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पीडित भनिएकाहरुले सार्वजनिक गरेका र पीडितसंगको सम्वादका क्रममा अभियुक्तहरुले नै नाम लिएका अडियो-भिडियो सामाजिक संजालमा छताछुल्लहुदा पनि सम्वन्धित व्यक्तिलाई छानविनको प्रकृयामा नै नल्याइकनै सत्तापक्षको निर्देशन अनुरुपको अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का रुपमा तयारगरी सरकारी वकिलको कार्यालयमा वुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखिनै गरिएको आशंकालाई पुष्टि गरेको छ । यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरेपनि कम हुन्छ ।’