कपिलबस्तुका दर्जनौ स्थानका पसलमा अनुमगन र कारवाही

२०८० आश्विन २१ गते, आईतवार

कपिलवस्तु । लेबल नलगाई बिक्री गरेको र फोहर भएको भन्दै कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ८ बहादुरगंज स्थित गंगा मिनिरल वाटर एन्ड बेवरेज ईन्ड्रटिजलाई सिल गरिएको छ । संयुक्त बजार अनुगन टोलीले पानी जारमा लेबन नभएको, धारा र टुटीमा कमीला र चिप्ले कीरा देखिएको र पानीको निकाश नभएकाले सो उद्योमगा सिलबन्दी गरेको हो । प्रशासन कार्यालयको अगुवाईमा जिल्लाका बिभिन्न पालिकामा रहेको बजारहरुको अनुगनकाक्रममा सो उद्योगमा सिलबन्दी गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेम बहादुर गौतमले बताए । यस्तै सो अनगमुन टोलीले फोहर र मापदन्ड बिपरित संचालन गरिएको एक दर्जन उद्योग र पसललाई कारबाही समेत गरेको हो ।

म्याद गुग्रेका मसला र बेसार बेचिएको भन्दै बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारी स्थित सिरिसा किराना पसाललाई १० हजार जरिवाना तोएिको छ । फाहेर रहेको भन्दै बाणगंगा नगरपालिकाको सिउटीमा रहेको मनकामना बरफ उद्योगलाई समेत १० हजार जरिवना गरिएको छ । फाहोर र लेबल नभएको भन्दै बुद्धभुमी नगरपालिका २ गोरुसिंगे स्थित साजन एन्ड जोया बरफ उद्योगलाई १० हजार जरिवाना तोकिएको छ । बहादुरगंज स्थित मदिना होटलाई बिना दर्ता संचालन गरिएकोमा ५ हजार जरिवाना गरिएको छ ।जहदीमा रहेको मो। साहीद एन्ड रुकसार किराना पसलमा फोहर रहेको भन्दै साढे ४ किलो नरीवल र ढाई किलो छोहोरा नष्ट गरी २ हजार जरिवना तोकिएको थियो । गोबरी स्थित दर्ता बिना संचालन गरिएको सक्षम चिया पसल ा सरोज तेली चिया पसल र गोरुसिंगेमा रहेको सपना मीट सपलाई १\१ हजार जरिवना गरिएको थियो ।

बुद्ध्भ्मी नगरपालिका– ९ ईमिलिया द्धिबेदी एग्रो सेन्टरलाई ईजाजत नलिई मलखाद र औषधीको कारोवार गरकोमा २ हजार जरिवाना गरिएको छ । ईमिलियामै रहेको हीरा पाउरोटी उद्योगलाई उत्पादन मितिमा गडबडी गरको भन्दै २८ पोका रसभरी र ३९पोका टोस्ट जफल गरिएको छ । चन्द्रौटा हाट बजारमा फेला परेको भारतीय खाने तेल, मसला लगायतका सामाग्री नष्ट गरिएको थियो । यस पटक अनुगमनलाई प्रभावकारी बनाउन जिल्लाको तौलिहवा मर्यादपुर, ओदारी, जगदी, कर्मनाहा, गोेरुसिंगे, ईमिलिया, बहादुरगंज, कृष्णनगर, चन्द्रौटा बिजयनगर लगायतका बजार अनुमगन गरिएको जिल्ला प्रशासन कार्यालयका नासु बावुराम पोख्रेलले बताए ।


बेकरी, किराना नास्ता पसल, मिठाई पसल, होटल, किराना, एग्रोभेट, दुध देरीमा अनुगमन तथा निरीक्षण गरिएको थियो । टोलीमा प्रशासन कार्यालय कपिलवस्तुका नासु बाबुराम शर्मा , कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेल , घरेलु तथा साना उद्योग कपिलवस्तुका प्रमुख प्रेम बहादुर गौतम, भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख बिस्नु प्रसाद खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख रमेश दाहाल , सम्बन्धित पालिकाका प्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।

37 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal