कर्णाली नदीमा  तुइन चुडिदा मुगुका मक्करसिंह नेपाली बेपत्ता

२०८० आश्विन २१ गते, आईतवार

कपिलवस्तु।

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा खसेर मुगुका एक जना बेपत्ता भएका छन् ।

कर्णाली कोरिडोरको हुम्ला खण्डमा काम गर्दै आएका मुगुको सोरु गाउँपालिका–५ नेरा गाउँका ३८ वर्षका मक्करसिंह नेपाली हिजो बेलुका कर्णाली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बेपत्ता नेपालीको आज बिहानैदेखि खोजी थालिएको छ । उहाँ हिजो बेलुका काम सकेर वासस्थान फर्किनेक्रममा तुइनको डोरी चुडिँएको थियो ।

49 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal