भुकम्प पीडितको उपचार र पुर्ननिर्माणमा खटिदै एमाले कपिलवस्तु

२०८० मंसिर १६ गते, शनिबार

कपिलबस्तु । आफ्नो पेशा व्यवसाय छाडेर आधा महिना सम्म भुकम्प पिडितको उपचार, उद्धार र भत्किएका घरहरुको पुनः निर्माणमा खटिरहेको छ नेकपा (एमाले) कपिलवस्तुको टोली । स्वास्थ्यकर्मी, उद्योगी, व्यवसायी लगायत विभिन्न पेशा व्यवसाय सञ्चालन गर्दै आउनुभएका पार्टीका नेता तथा युवावर्गको टोलिले दैनिक श्रमदान गरिरहनुभएको छ ।

एमाले कपिलवस्तुको प्रतिनिधित्व गर्दै भुकम्प प्रभावित क्षेत्र पुगेको स्वयम् सेवकको टोली निरन्तर काममा रहेको छ ।

जिल्ला कमिटी अध्यक्ष डम्बर शर्माको नेतृत्वमा पुगेको टोलीले शुक्रबार ११ औँ दिनसम्म निरन्तर काममा रहेको हो । टोलीले रुकुम पश्चिमको आठबीसकोट, चिसापानी र जाजरकोटको नलगाढमा टोलीले काम गरिरहेको छ । भुकम्प प्रभावित सर्वसाधारणको स्वास्थ्य उपचारदेखि घरगोठ निर्माण गरिरहेको छ । टोलीमा रहेका नेता धर्मराज भट्टराईले चिसोमा काम गर्न समस्या भए पनि सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

सरकार तथा बिभिन्न राहत बाँड्ने टोलीको काम प्रचार र चर्चामा आए जस्तो नभएको भन्दै धेरै प्रभावितहरु उद्धार र राहतको प्रतिक्षामा रहेको भट्टराइले बताए । आफूहरुको कामबाट धेरै आमाबुबाले राहत र उपचार पाएको उनले बताए । गत मंसिर ४ गते स्वयम् सेवकको टोली जाजरकोट गएको थियो ।

यता भुकम्प पिडितहरुको दयनीय अवस्था देख्न नसकेर एमाले कपिलवस्तुको प्रतिनिधित्व गर्दै भुकम्प प्रभावितहरुको घाउमा मल्हम लगाउन पाउँदा खुसी लागेको एमाले जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माले बताउनुभयो ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका संयोजक कमल क्षेत्रीले अन्य राजनीतिक दलहरु निर्वाचनका बेला जनताको घरघरमा पुग्ने गरेको तितो सत्य सुनाउँदै एमाले पार्टी जनताको दुःख सुखको साथी रहेको सञ्चारकर्मी हरुलाई बताउनुभयो । उहाँले देशैभरीबाट संयौँ युवाहरु स्वयंसेवकको रुपमा खटिएको बताउँदै निरन्तर भुकम्प पिडितहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

29 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal