लागू औषध नियन्त्रणमा रायमाझी सक्रिय, कपिलवस्तुका २८ वर्षिय युवा पक्राउ

२०८० मंसिर १९ गते, मंगलवार

पिपरा। कपिलवस्तुको वाणगंगा क्षेत्रमा प्रहरीले लागू औषध नियन्त्रणमा सक्रियता देखाएको छ। प्रहरी निरिक्षक गोपाल जंग रायमाझीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय पिपराले कपिलवस्तुको बाणगंगा नगरपालिकामा लागु औषध नियन्त्रणमा सक्रियता देखाएको हो ।

आफू पिपरा आयसँगै २० जना लागू औषध पक्राउ गरेको र १७ गते वाणगंगा नगरपालिका क्षेत्रबाटबाट लागु औषध सहित १ जना पक्राउ परेको रायमाझीले बताए। पक्राऊ पर्नेमा बाणगंगा २ कप्टैयाबाट सोहि ठाउँ बस्ने बर्ष २८ का अमित विक रहेका छन।

विकलाई लखनचोक–मेचकुरी सडकखण्डको किनारामा बसिरेको समयमा उनले लगाएको ज्याकेट चेकजाँच गर्ने क्रममा ११ पुरिया १ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ईन्स्पेक्टर रायमाझीको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। 

विकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखिएको र अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले  जानकारी दिएको छ ।

विगत केही वर्षदेखि  वाणगंगामा लागू औषध प्रयोगकर्ता बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन।

32 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal