दुर्गा आमा समुहले गर्‍यो पीडित परिवारलाई आर्थिक सहयोग

२०८० पुष ८ गते, आईतवार

कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा नम्बर २ बैजलपुरमा रहेको दुर्गा आमा समुहले देउसी भैलो बापत उठेको केहि रकम आर्थिक अवस्था निक्कै कमजोर रहेको एक परिवारलाई प्रदान गरेको छ ।

देउसी भैलो बाट उठेको रकम मध्ये ५ हजार २५ रुपैयाँ आर्थिक अवस्था कमजोर हुँदा हर्नियाँको अप्रेशन शुल्क समेत तिर्न नसकेका बैजलपुर निवासी सहदेव थारुलाई प्रादान गरेको हो ।

थारुको गत कार्तिक २६ गतेका युनाईटेड हस्पिटल ठाकुरापुरमा हर्नियाँको अप्रेसन भएको थियो । उनको आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि उक्त अप्रेसन शुल्क समेत तिर्न सकेका थिएनन् ।

आफुहरुले भैलोको रकमलाई सामाजिक कार्यमा लगाउने क्रममा पिडित परिवारलाई प्रदान गरिएको समुहकी अध्यक्ष मिना श्रेष्ठले बताउनुभयो । यस्ता कामलाई आगामि दिनहरुमा समेत निरन्तरता दिने बताउनुभयो ।

28 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal