कपिलवस्तुमा अवैध चामल बरामद

२०८० पुष १२ गते, बिहीबार

कृष्णनगर । जिल्लाको ईलाका प्रहरि कार्यलय कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेबारिसे अवस्थामा राखेको ४९ क्युन्टिल ५० किलो र महादेवाबाटै ५० क्युन्टिल अवैध चामल प्रहरीले बरामद गरेको हो ।

कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा उक्त अवैध चामल नियन्त्रणमा लिएको हो । कृष्णनगर नगरपालिका–४, महादेव बस्ने ट्रयाक्टर चालक सुकई केवटले लु ३ त ९५०४ नम्बरको ट्रयाक्टरबाट १०० बोरा अवैध चामल ल्याउँदै गर्दा ट्रयाक्टर सहित नियन्त्रणमा लिएकोे प्रहरी निरीक्षक ओलीले बताए ।

बरामद गरिएको चामलको मूल्य ३ लाख ४८ हजार २ सय ५० रुपियाँ बराबर रहेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो अवैध चामल सहित ट्रयाक्टर नियन्त्रण लिएको हो । बरामद गरिएको अवैध चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाइएको प्रहरीले जनाएको छ ।

नेपालले चामल आयातमा प्रतिबन्ध लगाएपछि पहिल्लो समय चामलको तस्करी मौलाएको छ । तस्करले अवैध रुपमा दिनहुँ चोरी निकासी गरिरहेको स्रोतले जनाएको छ । चामलको तस्करी मौलाउँदै जाँदा प्रहरीले गस्ती टोलीलाई निगरानी बढाउन सक्रियता देखाएको छ ।

28 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal