१५ हजार घुससहित पक्राउ कपिलवस्तुका एक वडाध्यक्ष

२०८० चैत्र १९ गते, सोमबार

कपिलवस्तु । कपिलवस्तुका एक जना वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ ।

स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको टोलीले महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको हो । घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कार्यालयबाट नै उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरीप्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

22 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal