जितपुर मन्टेश्वरीद्वारा बालबालिकाको सर्वाङ्गीण विकासको लागि अभिभाकलाई सचेतना

२०८० चैत्र १९ गते, सोमबार

कपिलवस्तु । बाणगंगामा रहेको जितपुर मन्टेश्वरीले बालबालिकाको सर्वाङ्गीण विकासको लागि अभिभाकलाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

बालबालिकाको पहिलो पाठशाला अभिभावक र घर नै रहेने भएकाले अभिभावकलाई सचेत गराउनुपर्ने भन्दै यस्तो कार्यक्रम गरिएको मन्टेश्वरी व्यवस्थापन समितिका अध्यक्ष अशिम कडेल क्षेत्रीले बताउनुभयो ।

प्रारम्भिक बाल्यावस्था निकै जटिल र संवेदनशिल रहने भएकाले यस उमेरमा अभिभाकले नै मुख्य रुपमा ख्याल गर्नुपर्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो । आफुहरु सङ्ग केहि घण्टा मात्र रहने तर अधिकाशं समय परिवार सङ्ग रहने भएकाले अभिभाकलाई यस्तो तालिम प्रदान गरिएको बताउनुभयो ।

इसिडि प्राप्त प्रशिक्षक पुजा कार्की र निकेश देव भटुवाल प्रशिक्षकको रुपमा रहेको सेमिनारमा ७० जना भन्दा धेरै अभिभाकहरुको उपस्थिती रहेको प्रिन्सिपल रञ्जना पौडेलले बताउनुभयो ।

22 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal