अलपत्र क्याम्पस भवन बनाउन भोलिदेखि धार्मिक महोत्सव सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अर्घाखाँची अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रहेको ज्योति भविश्वर बहुमुखी क्याम्पसले अलपत्र भवन बनाउनको लागिभोली देखि धार्मिक महोत्सव लगाउने भएको छ ।जसको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था ज्योती भविश्वर बहुमुखी क्याम्पसका अध्यक्ष कुमार केशव बेल्बासेले जानकारी दिनु भयो ।


बजेट अभावमा बन्दै गरेको भवन अलपत्र पछि श्री मदभागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव लगाउन लागिएको क्याम्पस प्रमुख विष्णु प्रसाद भट्टराईले बताउनुभएको छ ।


भोली वैशाख १ गते देखि ९ गते सम्म धार्मिक महोत्सव गर्न लागिएको उहाँले बताउनुभएको छ । उद्धघाटनमा कलस यात्रा सहित बिभिन्न संघसस्थाको झाँकी तथा बाजा सहित र्याली गरिने छ ।

महायज्ञमा प्रमुख वाचक प्रमुख कथा बाचक विश्व बिख्यात बाल योगेश्वोर श्री बिजय कृष्ण मुर्तीजी महाराजको मुखार बिन्दु बाट कथा प्रबचन हुने जनाएको छ ।

17 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal